ठाटीकाँध गाउँपालिमा संचालित राष्ट्रपति रनिंग शील्ड सम्पन्न
दैलेखको क्षेत्र नं २ पश्चिममा अवस्थित ठाटिकाँध गाउँपालिकाले आफ्नो गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।


गाउँपालिकाले ६ वटा वडाभित्र रहेका ६ वटा माध्यामिक विद्यालयका छात्र छात्रा खेलाडीहरु सहभागि भलिवल, कवड्डी लगाएत एथलेटिक्सका खेलहरु खेलाउदै मैत्रिपुर्ण वातावरणमा सम्पन्न गरेको हो ।
गत मंसिर २८ गतेबाट गाउँपालिकाको केन्द्र ठाटिकाँधमा रहेको श्री कृष्ण माविको खेलमैदानमा सबै खेलहरु सम्पन्न गरेको छ । जस अनुसार ७ स्वर्ण, ५ रजत, ७ कास्य पदक सहित मालिका मावि पाचला प्रथम, ६ स्वर्ण, ११ रजत, २ कास्य सहित श्री भवानि मावि बाहाकोट दोस्रो, ६ स्वर्ण, ४ रजत, ४ कास्य सहित कृष्ण मावि लकान्द्रले तेस्रो स्थान हासिल गरेका छन ।
उक्त राष्ट्रपति रनिंग सिल्ड अन्तरगत विभिन्न खेलमा विभिन्न पदक र स्थान हाँसिल गर्ने खेलाडीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफि वितरण कार्यक्रममा प्रमाणपत्र वितरणको अवसरमा बोल्दै ठाटिकाँध गाँपालिका उपाध्यक्ष देबिराम बडुवालले खेलदकुमा विभिन्न स्थान हाँसिल गर्ने खेलाडिलाई वधाई ज्ञापन गर्दै शुभकामना दिए ।
प्रमुख अतिथि तथा ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले एउटै पालिकाभित्रका विद्यालयविच भएको प्रतिस्पर्धामा कसैको जित र कसैको हार नभएको र समग्रमा गाउँपालिकाको जित भएको भन्दै भोलिका दिनहरुमा समग्र शैक्षिक गुणस्तर र खेलकुदको विकासका लागि गाउँपालिका लागिपरेकोमा जोड दिने बताए ।
त्यसैगरि ठाटिकाँध गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष दिक्पाल कुमार शाहीले समापन कार्यक्रममा बोल्दै खेलदकुमा विभिन्न स्थान हाँसिल गर्ने खेलाडिलाई वधाई ज्ञापन गर्दै विद्यालयस्तरमा मात्र नभएर गाउँपालिका स्तरबाट खेलाडीलाई हौषला प्रदान गर्नु आजको आवश्यकता भएकोमा जोड दिए।
यो पनि ;
