विपद् पूर्व तयारी योजना: ठाटिकाँधमा ३ दिने गोष्ठि सम्पन्न

दैलेखको ठाटिकाँध गाउँपालिकाले विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक सम्बन्धि ३ दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन शाखाद्धारा गत असोज २६ गतेबाट गाउँपालिकाको सभाहलमा सञ्चालित उक्त प्रतिकार्य योजना सम्बन्धि कार्यशाला आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ। प्राकृतिक विपद्को समयमा अपनाउनुपर्ने विभिन्न कार्यहरु लगाएत विपद् व्यवस्थापन कसरी गर्न सकिन्छ र जसमा हरेक नागरिकको कर्तव्य के हुने भन्ने सन्दर्भमा सहजिरकण गरिएको छ ।
उक्त कार्यशालामा गाउँपालिकाका जनप्रतिनिधिहरु लगाएत कर्मचारीहरु, राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यशाला गोष्ठि गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालको अध्यक्षतामा सम्पन्न भएकोा थियो भने कार्यक्रमको सञ्चालन सहजिकरण विपद् व्यवस्थापन शाखा प्रमुख दिपक कुमार रावतले गर्नुभएको थियो ।