Skip to main content
२०७८ श्रावन २१, बिहिबार

‘अब फेरी युद्ध कहिल्यै नहोस ’

भक्तबहादुर शाही

दैलेख (नौमुले)। साविकको द्धारी गाविस हाल नौमुलेकी–३ गोपेनिकी ६४ बर्षिया नन्दकलीको १९ बर्षकै कलिलो उमेरमा विहे भयो । विवाहपछि चार सन्तान जन्माईन । एक छोरा तीन छोरी । जवानी उमेरमै पति गुमाईन । पतिको मृत्यु हुँदा नन्दकलीको उमेर ३० बर्षको थियो । श्रीमान्को मृत्युपछि जेनतेन गरि छोरा छोरी हुर्काइन । जवानीमै पति वियोगमा परेकी नन्दकलीलाई छोराछोरीको कारण अर्को विहे गर्न मन लागेन । २०५६ छोरा अमरको विहे गरेर बुहारी घर भित्राईन । एक नातिनी जन्मिईन । विडम्बना उनका ती खुशीका दिन लामो समय सम्म रहेन ।
तत्कालिन जनयुद्ध चरम उत्कर्षमा थियो । छोरा माओवादीबाट बचाउनको लागि जिल्ला सदरमुकाम पठाईन । एक महिना जिल्ला सदरमुकाममा बसी अमर घर फर्किए । घरमा गएको मौका पारि अमरबहादुर रोकायालाई माओवादीले घरबाटै अपहरण गरे । ‘म तल घरमा सुतेको थिए,छोरा बुहारी माथिल्लो तला सुत्थे । राती आएर माओवादीले छोरालाई लिएर गएछ । बुहारीले श्रीमानलाई माओवादी लिएर गए भनेपछि रातभरि निन्द्रा लागेन । अनिउँदो बसेर रात कटाए ।’ आँखाबाट आँशु निकाल्दै पिडा सुनाईन ।
छोरा अमरलाई घर ल्याउनको लागि नन्दकलीले आठ हजारमा एक गोरु बेचिन । छोराको अवस्था बुझ्न उनले गाउँका जान्ने बुझने सबैलाई सोधिन । माओवादीले कब्जामा राखेको एकदुई पछि छोड्ने भन्ने आश्वासन पाएपछि घर फर्किन । छोराकै चिन्ताले भोक भोकै बसिन । छोरालाई केही पनि नहोस भनेर देवीदेवता समेत भाकल गरिन । तर छोरा अमर भएन फर्किएनन् । अपरण भएको एक महिनापछि साविकको रानीवन गाविसमा २०५९ मा माओवादीद्धारा हत्या भयो ।
तत्कालिन समयमा द्धारी,बालुवाटार,सल्लेरी,कालिका,चौराठा र तोली गाविस माओवादीको आधार ईलाका मानिन्थ्यो । सरकार उपस्थिति नहुँदा माओवादीको एकलौटी राज गरेका थिए ।


नातिनीको सहारामा नन्दकली


कलिलै उमेरमा श्रीमान र द्धन्द्धको बेला छोरा गुमाएकी नन्दकली आजभोली नातिनीको सहारामा छिन् । तीन महिनामै बाबु गुमाएकी नातिनीले नन्दकलीको हेरचाह गर्ने गरेकी छिन् । छोराको मायाले गर्दा नै मैले नातिनीलाई विहेपछि यतै बोलाए । मेरो साहारा अरु कोही छैन यसो भनिरहँदा नन्दकलीका आँशाबाट आशु छचल्किल्थे । छोराको मृत्यु पछि बुहारी अर्को विहे गरिन । शान्ती पश्चात नेपाल सरकारले दिएको राहत समेत आधा आधा बाँडेर लगि । विहे गरि उनले भनिन् ।
तर आजभोली नन्दकलीलाई खाना लाउन समस्या छ । शारिरीक अवस्था कमजोर हुदै गएकी छिन् । मुटु दुख्ने,सुगर समेतको विरामी छन । पैसा नहुँदा घरमै रोग पालेर बसेकी छन् । विहाना र बेलुका हातमुख जोर्न समस्या छ ।

नातिनी ज्वाईका साथ दैलेख नौमुले ३ गोपेनीकी नन्दकली ।

बेला बेलामा उनलाई छोराको सम्झनाले सताउने गरेको छ । छोराको सम्झनाले छिनछिनमा नन्दकलीका आँखाबाट आँशु छचल्किन्छन् आँखा ओभाना हुदैन ।
वनमा न्याउली चराको आवाजले झस्काउँछ । छोराको मायाले । न्याउली चरिको भेष गरेर आयो जस्तो हुन्छ । स्वर सुन्ने बित्तिकै आँगनमा पानी राख्छु । छोरो खाला भनेर । तर आउदैन । छोराको मायाले न्याउली लाई छोपेर अँंगालोमा बेर्ने उनको धोको छ । नन्दकलीको एउटै मात्र चाहाना छ,“देशमा फेरी युद्ध नहोस । मेरो जस्तै अरु नारीले पिडा भोग्नु नपरोस” ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: