लालकिल्लामा रेडक्रस
भक्तबहादुर शाही
दैलेख (द्धारी) । तत्कालिन द्धन्द्धको बेलाको नौमुले –३ द्धारीमा माओवादीका भित्रे लेखन,पोष्टर,पम्प्लेटले र झण्डाले गाउँघर रंगिएका हुन्थे । सरकारको उपस्थिित शुन्य थियो । माओवादीको एकलौटी राज चलेको थियो । हालको नौमुले गाउँपालिका पुरै क्षेत्रलाई आधार ईलाकामा घोषित गरेका थिए । साविकको द्धारी,कालिका,बालुवाटार,सल्लेरी,तोली,चौराठा द्धन्द्धको बेला माओवादीको लागि सुरक्षित क्षेत्र मानिन्थ्यो । कहिले काही तत्कालिन शाही नेपाल सेना गस्ती पुगे पनि स्थानीय निकायका सबै कामकाज सदरमुकामबाट सञ्चालन गरिन्थ्यो ।
जिल्ला सदरमुकाम आउनको लागि गाउँ जनसरकारको सिफारिस अनिवार्य थियो । २०६३ को बृहत शान्ती सम्झौतापछि भने त्यहाँका स्थानीयबासीले शान्ती सास फेर्न थाले । तर पनि दुर्गम मानिएको द्धारी,कालिका,बालुवाटार,सल्लेरीका बासिन्दाको बर्षोदेखी विकासको सपना पुरा हुन सकेन । नेपालको संविधानमा उल्लेख गरिएका आम नागरिकका आधारभुत मौलिक अधिकार खानेपानी,स्वास्थ्य,शिक्षा समस्याकै रुपमा पहाडझै उभिरहे । शुद्ध पिउने पानी ल्याउन घण्टौं लाग्ने,स्वास्थ्य नहुँदा अकालमै मृत्युको शिकार बन्नुपर्ने,उच्च शिक्षा हासिल गर्नका लागि ५ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता जिउँकात्युँ नै थिए ।

तर सधै पिडा,रोग भोक विकटताले पछाडी परेका नौमुले –३ द्धारीका बासिन्दा भने विगत दुई बर्षदेखी विकास हुन थालेपछि मुख मिठ्याउन थालेका छन् । देश संघियता सँगै गाउँ गाउँमा सिंहदरबार आएपछि भने विकटका बासिन्दाले समेत विकासतिर आशावादी छन् । द्धन्द्धका बेला माओवादीको लालकिल्ला मानिएको द्धारीमा भने विगत दुई बर्ष देखी नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले समाबेशी खानेपानी,सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजना सञ्चालन गरेको छ । परियोजनाले सात वटा खानेपानी योजना बनाई द्धारीबासीले घरआँगनमै शुद्ध पिउने पानी पाएका छन् ।
्
परियोजनाबाट चारवटा विद्यालय सँगै २३९ वटा घरधुरीमा धारा निर्माण गरिएको छ । खानेपानीमा समुदाय तर्फबाट २९ लाख ७७ हजार ४८,नौमुले गाउँपालिकाबाट २८ लाख ६३ हजार २३० र नेपाल रेडक्रस सोसाईटी ८६ लाख ८७ हजार १८३ गरि जम्मा १ करोड ४५ लाख २७ हजार ४५१ रुपैयाँको लगानीमा ती योजना बनाईएको हो । खानेपानीबाट नौमुले ३ द्धारी ढाडखोला,मेलडाँडा,कोप्रेखोला,सिरेनी,जैसीडाँडा,भित्रीखोला र गोपनी बस्तीका १ हजार ७११ जनसंख्या लाभान्वित भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका परियोजना अधिकृत हिरासिंह विश्वकर्माले बताए । उनले भने, यो परियोजना अन्र्तगत विपन्न परिवारका लागि आयआर्जन गरि जीविकोपार्जनमा सुधार ल्याउनका लागि बाख्रावितरण गरेका छौं । विपन्न दलित,परिवारलाई बाख्रा वितरणबाट आत्मनिर्भर हुनेमा विश्वास लिएका छौं उनले भने ।
सधै खोलाखोल्साका दुषित पानी पिउँदै आएका स्थानीयबासी घर आँगनमै शुद्ध पिउने पानीको धारा पाउँदा खुशी भएको गोपेनीकी ६४ बर्षिया नन्दकलीले रोका मगरले बताईन । हाम्रा पालामा त खोलाखोल्साबाट पानी ल्याउनुपथ्र्यौ । पानी ल्याउन जाँदा दुई तिन घण्टा लाग्यो । रेडक्रस घर आँगनमै धारा बनाईदिएपछि समय बचत भएको छ । बचेको समयबाट बारीमा तरकारी लगाउने गरेका छौं उनले भनिन् ।

तस्वीर :भक्तबहादुर शाही
परियोजनाले शुद्ध पिउने पानी मात्र बनाएको छैन् । पानी सँग जुठयान् गाउँबस्तीमा सरसफाई पनि उतिकै नमुना योग्य छ । बाटोघाटो सार्वजनिक चौतारा घरआँगन सफा सुग्घर देखिन्छ । गोरेटो बाटोमा समेत प्लास्टिकका टुक्रा भेटिदैनन् । बाटोबाटो बाँसबाट फोहोर फाल्ने टोकरी समेत बनाइएको छ । स्थानीय साधन स्रोतबाट फोहोर फाल्ने निर्माण गरिएको छ । परियोजना सञ्चालन हुँदा कोभिड १९ को संक्रमणबाट बच्न रोजगारी गुमाएर गाउँ फर्किएका समेतले रोजगारी पाएको नौमुले –३ वडाअध्यक्ष गगनबहादुर रोका मगरले बताए । उनले भने, परियोजनाले गर्दा स्थानीयबासीले विकास सँगै काम पाएका छन् । जसले गर्दा जीविकापार्जन सजिलो भएको छ । विपन्न दलित परिवारलाई रेडक्रसले द्धन्द्धपिडितलाई पनि आयआर्जन सहयोग गर्नुपर्ने स्थानीयबासी माग छ । हामी विपन्नले त पायौं । तर द्धन्द्ध पिडितलाई पनि कार्यक्रमले सहयोग गरिदिए पिडा कम हुने थियो की सोही ठाउँका दलबहादुर कामीले बताए । शिक्षा स्वास्थ्यका लागि अझै पनि द्धारी बासी सामान्य विरामी हुँदा पनि ४ घण्टा पैदल यात्रा गरि उपचारमा जानुपर्ने बाध्यता भने कहिले हटने हो । स्थानीय सरकारले शिक्षा स्वास्थ्य सबैको पहुँच अनुसार केन्द्रमा बनाउनु पर्ने नौमुले गाउँपालिका बुद्धिजिवी बताउँछन
