आठविस नगरपालिकाले ४८ करोड बजेट ल्यायो
दैलेख । जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिकाले आर्थिक बर्ष ०७८।०७९ लागि ४८ करोड ३१ लाख २७ हजार १०६ रुपैया बजेट ल्याएको छ । नवौं नगरसभामा चालु तर्फ २६ करोड ८४ लाख र पुँजीगततर्फ २१ करोड ४७ लाख २७ रुपैयाँ र आन्तरिक आयतर्फ ८० लाख रुपैयाँ बजेट ल्याइएको हो ।
त्यस्तैगरि संघीय सरकारको वित्तीय समानीकरण अनुदान १० करोड ४८ लाख, संघीय सरकारको बिशेष अनुदान ८३ लाख, संघीय सरकारको राजस्व बाडफाँटमार्फत प्राप्त हुने रकम आठ करोड ९८ लाख ७० हजार र संघीय सरकारको सशर्त अनुदान रकम २२ करोड ३३ लाख रुपैयाँ बजेट प्राप्त हुने प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान रकम १ करोड १० लाख ३३ हजार ,प्रदेश सरकारको राजस्व बाडफाटबाट प्राप्त हुने रकम ८ लाख २४ हजार १ सय ६ र मौज्जाद ४ करोड गरी बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाले ल्याएको नयाँ बजेटमा श्रीमती गुमाएका एकल पुरुषहरुका लागि स्वास्थ्य उपचार तथा व्यक्तिगत सरसफाई गर्न विदुरभत्ताको व्यवस्था गरिने नीति लिइने उनको भनाइ छ ।
त्यस्तैगरि नगरपालिकाले दुई वटा भैंसी पाल्ने र १० वटासम्म बाख्रापालन गर्ने कृषकलाई ३० हजार अनुदान दिने घोषणा गरेको छ ।
