केपी ओलीले अहमता नत्यागे सम्म पार्टी एक हुन सक्दैन : ज्वाला
सुर्खेत । नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले केपी ओलीले अहमता नत्यागे सम्म पार्टी एक हुन नसक्ने बताएका छन् ।
पार्टीलाई एकलौटी ढंगले संचालन गर्ने र एकलौटी ढंगबाट अगाडि बढेमा पार्टी एक भएर अगाडि बढ्न नसक्ने उने बताए ।
उ
शनिबार नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवा संघ नेपालको कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर ९पिभि० घोषणा कार्यक्रमलाई सुर्खेमा संम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा एमालेका कर्णाली प्रदेश संयोजक एवम पुर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहनु भएका ज्वालाले केपीकै कारण पार्टी र देश संकटमा परेको बताए ।
अहिले देशमा जे जति समस्या आए, त्यो केपिकै कारण आएको हो, देशलाइ संकटमा पुर्याउने देखि पार्टीलाइ एक हुन नदिने खेलमा ओली नै लागेको प्रष्ट छ,’उनले भने ,‘ यसका विरुद्धमा एक भएर लाग्न युवाहरुलाई आग्रह गर्दछु ।’
ज्वालाले अहिले कै अवस्थामा नेपाल पक्षले राखेका मागहरूको सम्बोधन नगरे पार्टी एक हुन नसक्ने बताए ।
साथै उनले पार्टीमा समान हैसियत, समान अस्तित्व र राजनीतिक मुद्दाको किनारा नलाग्दा सम्म पार्टी एक हुनै नसक्ने दावी गरे ।

नेपाल पक्षीय केन्द्रिय समितीको बैठकले पार्टी एकतालाइ जोगाउन हरसम्मत पहल गर्ने निर्णय गरेर अगाडि बढ्दाबढ्दै पनि पार्टी एकतालाई भाँडेर ओली पक्षले विधान संशोधन लगाएतका एक पक्षीय निर्णय गरेर अगाडि बढेको छ,’ उनले भने,‘ ओलिले गरेको गल्तीको स्वयम ओलीले नै माफी नमागे सम्म एक भएर बस्न सकिदैन ।’
ज्वालाले पार्टी गम्भीर संकटमा परेकाले पार्टी एकताको पक्षमा एकजुट हुन युवाहरुलाइ आग्रह पनि गरे ।
यस्तै पिपोल भोलेन्टियर कर्णाली प्रदेशको सहसंयोजकमा कालिकोटका युवा दिनेश विक्रम शाहि चयन भएको छन ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित राष्ट्रिय युवासंघ नेपालको भेलाले युवा दिनेश शाहीलाई सह संयोजकमा मनोनित गरेको हो
।पिभिका केन्द्रीय सचिव मनोज खत्रिको अध्यक्षतामा भएको भेलाले अन्य पधाधिकारिको टुंगो लगाएको हो ।
