मध्यपहाड मिडीया प्रालीको केन्द्रीय कार्यालय वीरेन्द्रनगरमा
सुर्खेत । मध्यपहाड मिडीया प्रालीको केन्द्रीय कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा स्थापना गरिएको छ।
मध्यपहाड अनलाईन पोर्टलको औपचारिक सुभारम्भसहित कार्यालयको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्सेलले बुधबार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्सेलले शोषित पीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा आफ्नो पहिचान बनाउन आग्रह गरे।
‘सञ्चारकर्मीहरुले खोजमुलक समाचार कम प्रकाशन गर्ने हुँदा अबको दिनमा खोजमुलक विषयमा केन्द्रित हुनपर्छ । पत्रकारिता पेसा संवेदनशिल र जोखिम मिश्रित पेशा भएको भन्दै समाजप्रतिको उत्तरदायित्वप्रति भएर अघि बढ्नुपर्ने देखिन्छ,’ बसेलले भने, ‘हिजो आज कसैको चरित्र हत्या, बद्नामी र प्रमाणित नहुने समाचारहरुले धेरै स्थान लिईरहेको देखिन्छ त्यसैले मध्यपहाडले अपराधिक, भष्ट्रचारविरुद्धको समाचार संकलन गर्नसक्नुपर्छ ।’
मध्यपहाड मिडीया आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्ने पनि धारणा उनको थियो ।
युनाईटेड ईन्स्योरेन्स कम्पनी शाखा कार्यालय सुर्खेतका प्रमुख धीरेन्द्रबहादुर शाहीले मध्यपहाड मिडीयाले खोजमुलक समाचारलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए ।
‘अहिले मिडीया च्याउ सरी फैलिएको अबस्था छ, अनलाईन मिडीयाको निकै विकास भएको देखिन्छ ,’ शाहीले भने , ‘नाम मात्रका मिडीयाले समाचारमा गुणस्तरको अबस्था खस्किँदो छ । मध्य पहाडले सत्यतथ्य कुरालाई मात्र फोकस गरेर जनताको आवाजलाई बोल्न सक्नुपर्छ।’
मध्यपहाड अनलाईनका प्रधान सम्पादक भक्तबहादुर शाहीले मध्य पहाड मिडीयाले समाजमा भएका कुरिती, कु–प्रथा र दविएका आवाजहरुलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने बताए ।
मध्यपहाड मिडीया प्रालीका सञ्चालक सुन्दर शाहीले मध्यपहाडलाई विश्वासिलो सञ्चार माध्यमको रुपमा अघि बढाउने जानकारी दिए।
यस्तै मध्यपहाड मिडीया प्रालिका अध्यक्ष भुपेन्द्र बहादुर शाहीले पत्रकारिता पेशानै एक चुनौतीपूर्ण पेशा भएकोले पत्रकारले निकै सजकता अपनाउनु पर्ने बताए । मध्य पहाडले सत्य, तथ्य र निस्पक्ष भएर विषयबस्तु उठाउँछ,’उनले भने।



