थप २ हजार ५२ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६१२ जनाको पीसीसार परीक्षण गर्दा एक हजार ६४८ र चार हजार ३२३ जनाको एन्टीजेन परीक्षण गर्दा ४०४ जनामा संक्रमण पुष्टि भएको छ।
आज देशभर तीन हजार ३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३४ हजार १९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ८१२ होम आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५६३ जना आइसीयूमा र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। देशभर ३११ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
