दैलेखमा २७ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत
दैलेख । ११ वटा स्थानीय तह रहेको दैलेखमा २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले समाजवादीमा सनाखत गरेका हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष मध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादीमा जाने बुझिएको छ।
जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरूमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना वडाध्यक्ष एमालेमै रहने स्रोतको भनाइ छ। दैलेखका ११ स्थानीय तहका ९० वटा वडा मध्ये ५३ वडा जितेको एमालेका ३१ जना मूल घरमा रहने बुझिएको छ भने एकीकृत समाजवादी गोलबन्द हुन चाहेका २२ जना रहेको बुझिएको छ।
कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले अझै ५० भन्दा बढी जनप्रतिनिधिहरू समाजवादीमा खुल्ने दाबी गरे ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–प्रमुख तारा शाही –खत्री०, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा पनि समाजवादीमा खुलीसकेका छन् ।


