आज कुन–कुन नदीमा बाढीको सम्भावना ?
काठमाडौँ । शनिबार बिहानको मापनअनुसार कोशीको बहाब केही बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको छ ।
आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ र नवलपुर जिल्ला भइ बहने स–साना नदीहरुमा बहाव बढ्ने र केही आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

