Skip to main content
२०७८ जेठ ३१, सोमबार

भाखा नाघेको साँवा र ब्याज असोज मसान्तसम्म तिरे एनआइसीले ब्याजदर घटाउने

काठमाडौं । एनआइसी एसिया बैंकले भाखा नाघेको ऋणको साँवा र ब्याज असोज मसान्तसम्म भुक्तानी गरेपछि ऋणीहरुलाई विशेष सहुलियत दिने घोषणा गरेको छ । 
 
२०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम भुक्तान गरेमा साविकको ब्याजदर घटाइदिने बैंकले जानकारी दिएको छ ।
 
कात्तिक १ देखि ८.९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले बताएको छ । यो योजनाबाट कोरोना भाइरसबाट खस्किएको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुगी ग्राहकको आवश्यकतालाई परिपूर्ति गर्न सफल हुने बैंकले विश्वास लिएको छ ।
 
बैंकले यसअघि ब्याज सहुलियतका विभिन्न योजनाहरू कार्यान्वयन गरिसकेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेका ऋणीहरूको कर्जाको साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गरिसकेको बैंकले बताएको छ ।
 

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: