सांसद रेखा झाको अराजकपुर्ण भाष्य : सभामुखलाई माइकले हानेर टाउको नै फुटाउँथेँ, मौका मिलेन्
नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले यस्तो बताएकी हुन् ।
‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन् ,‘नियम उल्लंघन गर्नेलाई के गर्ने ? अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’ उनले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरिन् ।
