अझैं सुचारू भएन कर्णालीमा अवरूद्ध विद्युत सेवा
शनिबार देखि कर्णालीमा अवरूद्ध विद्युत सेवा अझैं सुचारू हुन सकेकाे छैन ।
कोहलपुर-सुर्खेत ३३ के भी प्रसारणलाइनकाे फेजमा समस्या आएकाले आंशिक भोल्टेजमात्र प्राप्त भएकाले विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण सुर्खेत शाखाले जनाएको छ । प्राधिकरणले देउरालीदेखि पश्चिम र बबई देखि पूर्व (निकुञ्ज एरियामा) खण्डमा समस्या रहेको हिजो रातिनै पत्ता लागेको भए पनि रातीको समयमा निकुञ्जमा प्रवेश गर्न कठिन भएकाले विद्युत सुचारू गर्न नसकिएकाे बताएकाे छ ।
सुर्खेत वितरणा केन्द्रकाे मर्मत टोलीले बबईमा निकुञ्जभित्र फल्ट पत्ता लगाई लाईन मर्मत कार्य गरिरहेकाेले दिउँसाे सम्म विधुत सुचारू हुने पनि प्राधिकरणले जनाएको छ ।
