सुधारिँदै मौसम, केही स्थानमा सामान्य वर्षाको सम्भावना
आज देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने औसतभन्दा दक्षिणतर्फ रहेको छ।
आज दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
