एकै परिवारका ६ जनाको हत्या गर्ने आरोपित सार्वजनिक
संखुवासभा। संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो। प्रहरीसँग हत्या गरेको स्वीकार गरेका छन्।
