कालिकोटमा काँग्रेस अधिवेशन : पाँच पालिकामा को–को बने सभापति ?
नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जस अनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म फाइनल गर्ने गरी काँग्रेसका नेताहरु लागिपरेका छन्।
काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम ९महिला०, तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ।
यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतीमा सर्वसम्मत चयन गरिएको छ। लैङ्गि आधारमा हेर्दा पाँच पालिका मध्ये पलाता गाउँपालिकामा मात्रै महिलालाई सभापति बनाईएको छ।
रास्कोट नगरपालिका, पचालझरना गाउँपािलका र सान्नीत्रिवेणीमा बेलुका सम्म सभापति चयन गरिसक्ने गरी गृहकार्य भईरहेको छ । त्यसका लागि शेरबहादु देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटिरहेका छन्।
यो पनि पढ्नुहोस
काँग्रेस अधिवशेन : दैलेखका पाँच पालिकामा देउवा पक्ष विजयी
