स्थानीय उत्पादनको बजारीकरण गर्दै सहकारी
मध्यपहाड संवाददाता
दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका –२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न थालेको छ । सहकारी संस्थाले २०७७ साउन देखी कृषकले उत्पादन गरेको दुधलाई बजारीकरण शुरु गर्न थालेको हो ।
बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले उत्पादन गरेका फलफुल,तरकारी,भटसमास लगायत अर्गानिज चिजबस्तुलाई बजारीकरण गरि स्थानीयस्तरका कृषकको आम्दानी बढाउन थालेको सहकारी संस्थाका अध्यक्ष भिमबहादुर रावतले बताए । हामीले पहिलो चरणमा दुग्ध विकास कार्यक्रम सञ्चालनमा ल्यायौं । कृषकबाट दुध प्रति लिटर ६० रूपैयाँले खरिद गरि प्रदेश राजधानी सुर्खेतमा पठाउन गरेका छौं,भट्मास,केराउ,तरकारी समेत निर्यात गछौं,अध्यक्ष रावतले भने ।
सहकारीबाट ५० जना कृषकले दुध विक्री गर्ने गर्दछन् । सहकारीले दुधमात्रै नभई स्थानीय स्तरमा उत्पादन गरेका नगदेबाली, फलफुल लगायतका कृषिजन्य बस्तुहरूको बजारको समेत बजारीकरण गरेको स्थानीयबासी बताउँछन् । सहकारीले ब्रोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रसोधन उद्योग सञ्चालनमा ल्याउने तयारीसमेत थालेको छ ।
सहरकारीले नै स्थानीय उत्पादनको बजारीकरण गर्नथालेपछि कृषकले आफु उत्पादित बस्तु विक्री हुदैनन् की चिन्ता हटेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाही जानकारी दिए । ‘सहकारी नाफामुखी नभई सेवामूलक भएकोले किसानहरूलाई बचत तथा ऋणमा मात्रै नभइ आयआर्जन क्रियाकलाप गरि आम्दानी समेत गर्न थालेका छन् । किसानहरूलाई अनुदान, प्रोत्साहन र तालिमजस्ता क्रियाकलापमा पनि संग्लग्न गराइने बताउँदै स्थानीय, प्रदेश र संघ सरकारले सडक, कृषबस्तु संकलन केन्द्र स्थापनाका लागि स्थानीय सरकार लागि परेको छ,उनले भने । सहकारीले सरकार, बजार र किसानबिच पुलको काम गरि नागरिकलाई आयआर्जन र व्यवसायमा सहज ल्याउन भुमिका खेल्ने संस्थाका सचिव रविन्द्र कंडेलले बताए ।
कृषकलाई १ सय भैसी वितरण
सहकारीले कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ३० लाख र सहकारीको ३० लाख गरि १ करोड ६० लाखमा १ सय जना कृषकलाई भैसी वितरण गरेको छ । एकजना कृषक बराबर १ लाख रकमको भैसी वितरण गरिएको संस्थाका व्यवस्थापक चिनबहादुर खत्रीले जानकारी दिए । कृषकले स्थानीयस्तरमा उत्पादन गरेका चिजबस्तु आफ्नै गाडीमा निर्यात हुन्छ,उनले भने । चामुण्डा माध्यमिक विद्यालयले कृषि प्राविधिक उत्पादन गर्छ । सहकारीले बाँझो जमिन भाडामा लिएर कृषक र कृषि प्राविधिक जमिनमार्फत उत्पादनमा जोड्ने लक्ष्य रहेको छ । उद्योग सञ्चालन हुँदा स्थानीय मानिसले रोजगारी पाउने छन् । जसले गर्दा रोजगारीका लागि भारत जानुपर्ने कमी आउने उहाँको भनाई छ ।
सहकारीले थालेको यो अभियानमा कृषकहरू पनि निकै उत्साहित बनेका छन् । विगतमा आफुहरूले गरेको कृषिजन्य उत्पादनले बजार नपाएको भन्दै गुनासा गर्न थालेपनि समस्या समाधान सहकारी भईदिएकोले उत्पादनलाई कहाँ विक्री गर्ने हो चिन्ता छैन कृषक तिलक पौडेलले बताए । सहकारीले हामी कृषकले उत्पादन गरेको बजार व्यवस्थापन गरिदिए अधिकाँश कृषकहरुले खेतीतिर लाग्ने पौडेलको बुझाई छ ।
पौडेल मात्र होइनन् चामुण्डाबिन्द्रासैनी–३ का तिलक तिमिल्सिनाले दुध विक्रीबाट मासिक ९ हजार रुपैयाँ कमाउने गरेको जानकारी दिए । हामीले गरेको दुःखलाई बल्ल बुझ्यो ।अब हामी उत्पादनतिर जोड दिन्छौं अर्का कृषक नरेश विकले खुशी व्यक्त गरे । हामीलाई अब तालिमको आवश्ययकता छ । अहिले सम्म हामी परम्परागत शैलीमा खेती लगाउने गरेका छौं पशुपालन सम्बन्धि तालिमको आवश्यक छ उनले भने ।