कृषि संकलन केन्द्र स्थापनाले किसान हर्षित
दैलेख । गाउँमै कृषि उपज संकलन केन्द्र स्थापना भएपछि कृषक खुशी भएका छन् । गाउँमा उत्पादन भएको ताजा तरकारी बिक्री गर्न सदरमुकाम जानुपर्ने बाध्यता हटेपछि किसानमा खुशी छाएको हो ।
किसान दोस्रो परियोजना र गोठपाँडा कृषक सहकारी सँस्थाको साँझेदारीमा नारायण नगरपालिकाका वडानं ३,४,५ र १० कृषक लाभान्वित हुने गरी जिल्ला कृषिविकास कार्यालयको समन्वयमा नारायण नगरपालिका–५ को भैसेखोर बजार कृषिउपज संकलन केन्द्रको स्थापना गरिएको हो ।
गाउँमै संकलन केन्द्र स्थापना भएपछि कृषकका सुदिन फिरेका छन् । हामीले पहिला उत्पादन गरेको तरकारी विक्री गर्न घण्टौं लगाएर घर घर धाउनु पथ्यौं । अब ग्राहक खोज्दै जानु पर्ने दिन हटे, स्थानीय कृषक पदमकुमारी मल्लले खुशी व्यक्त गरिन् । तरकारी विक्रीका लागि लागेको समय बच्ने र त्यो समयलाई तरकारी उत्पादनमा लगाउँछौं,उनले भनिन ।
मल्ल मात्र होइनन् सोही ठाउँका तरकारी व्यावसायिक कुलबहादुर थापा तरकारी विक्री गर्न झन्झटबाट मुक्त भएको बताए । पहिला तरकारी विक्री गर्न एकघण्टाको पैदल हिडेर बजार जानुपथ्यौं । संकलन गर्न केन्द्र स्थापनाले हामीलाई सजिलो बनाईदिएको छ । अब हामीले ग्राहक खोज्नु परेन,उनले भने ।
किसानहरुको तरकारी व्यावसायिक प्रति लगाव र उत्पादनको सम्भावनालाई मध्यनजर गरि जिल्ला कृषिविकास कार्यालयले चालु आर्थिक बर्षमै किसानले संकलन केन्द्र भवननिर्माण गर्ने तयारी थालेको कार्यालय प्रमुख तिलक प्रसाद पाण्डेले जानकारी दिए ।
केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर बिकले किसानहरुको उत्साह प्रशंसनिय भएको बताए । उत्पादनको मात्रा र गुणस्तरमा ध्यानदिन सकेमा बजारको अभाव नभएको बताए ।
बिगतलामो समय देखि किसान दोस्रो परियोजना र र गोठपाडा सहकारीको कार्यक्रम नारायण २ देखि १० वडाका जम्मा ३२ वटा समूह ८ सय जनाकिसानहरु समुहमार्फत तरकारी खेतीगर्दै आएका छन ।
बर्षौदेखी व्यवसायिक तरकारी खेती गर्दै आएका नारायण नगरपालिका वडानं.३,४,५ र १० का किसानहरको विक्री वितरण गर्न सजिलोको लागि कृषिउपज संकलन केन्द्र स्थापना गरिएको छ ।स्थापना केन्द्रको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का,उद्योग बाणिज्य संघका अध्यक्षद्धारा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

