कर्णाली प्रदेशमा चार सय ८४ वटा मानव अधिकार उल्लंघनका घटना घटे
दैलेख । कर्णाली समयमा पछिल्लो समय चार सय ८४ वटा मानव अधिकारका उल्लंघनका घटना भएका छन् । राज्यपक्षबाट ५८ वटा अन्य पक्षबाट चार सय २६ वटा मानव अधिकारका उल्लंघनका घटना भएको मानवअधिकार संस्था इन्सेकले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राज्यपक्षबाट भएका ५८ मानव अधिकार उल्लंघनका घटनामा सात जना महिला र ५१ जना पुरुष पिडित छन् भने अन्यपक्षबाट भएका ४ सय २६ जना मध्ये ३ सय ३२ जना महिला र ९२ जना पुरुष गरि प्रदेशभर ४८४ जना मानव अधिकार उल्लंघनका घटना घटेका छन् ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कानुनी राज्यमा पनि मानवअधिकारका घटनाहरु दिनप्रतिदिन बढ्नु दुर्भाग्य रहेको बताए । गत आर्थिक बर्षमा राज्य पक्षबाट ५ जना महिला र ६८ जना पुरुष गरि ७३ वटा मात्रै घटनाहरु भएको थिए भने अन्य पक्षबाट ३ सय २९ वटा घटनाहरु भएको थिए । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश नहकुल सुवेदी भन्छन–‘ मान्छेले जब सम्म आफ्नो अधिकार सुनिश्चित गर्न पाउन सक्दैन तब सम्म न्याय पाउन कठिन रहेको बताए ।’ अन्य प्रदेशको तुलनमा कर्णालीको मानव अधिकारको पहँुच सुचाङ्क पनि कम छ,’उनले भने ।
यसरी मानवअधिकार उल्लङ्घन् तथा ज्यादतीका घटना हुनुमा घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, कर्णालीमा विद्यमान कुप्रथा छाउपडी, बालविवाह प्रमुख रहेको बताइएको छ । मानवअधिकार उल्लङ्घनका घटनाका पीडितलाई न्याय हुने गरी सरकारी तवरणबाट कदम चालिनुपर्ने देखिन्छ । कर्णाली प्रदेश सरकारले भने यसतर्फ ध्यान दिन नसकेको सरोकारवालाहरुले गुनासो गर्ने गरेका छन् ।
प्रदेशमा सामाजिक विकास समिति रहेपनि यस्ता घटनाहरु तर्फ ध्यान दिन सकिरहेको छैन्, कार्यक्रमका सहभागीहरुले भने । मानव भएर बाँच्न पाउने अधिकारका लागि राज्य स्वयं जिम्मेवार हुनुपर्छ,’ मानवअधिकारकर्मी सुवेदीले भने । यति मात्र हैन् कर्णालीमा अधिकांश नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीको अधिकार हनन समेत भएको पाइन्छ । महिला अधिकारवादी पवित्रा शाहीले मानवअधिकार उल्लङ्घटनका घटनामा बोल्ने अधिकारकर्मीको अधिकार उल्लङ्घटनका विषयमा राज्यको ध्यान जानुपर्ने बताइन् ।
