जालै रुमाल लिएर आए आलिफ
काठमाडौं । सामाजिक सन्जालमा पछिल्लो समय चर्चा कमाएका गायक अलिफ खानले आफ्नो स्वरमा नयाँ गीत ‘छुँदिन म जाले रुमाल…’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतलाई द डिभाइन म्युजिकबाट सार्वजनिक गरिएको छ । गीतमा नारायण काइलोको शब्द, अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको छ ।
रिलिज गरिएको ८ घण्टामै युटुबको नेपाल ट्रेन्डिङमा आउन सफल यो गीतको भिडियोमा देखाइएको कथावस्तु र दर्शकले रुचाएका छन् । जसमा इन्जमाम अलि खान र श्रेया सिटौलाको अभिनय रहेको छ ।
भिडियोलाई उत्सव दाहालले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् । सुफी जनरामा बनाइएको यस गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
निर्देशक कार्की विगत १ दशकदेखि भिडियो निर्देशकको रूपमा कार्यरत छन् । अहिले चल्तीका निर्देशक कार्कीले निर्देशन गरेका पछिल्ला म्युजिक भिडियोहरूमा नबोली नबोली, काले केटा–२, माकुरी, केटो अलि कमाउने होस्, त्यस्तै त्यस्तैमा, माया नयनी ताल, कान्छी मट्याङ ट्याङ, मेरो देश नेपाल, मैले बोलेको छैन ढाटेरलगायतका भिडियोहरू सर्वाधिक सफल छन् । म्युजिक भिडियोमा निर्देशक कार्कीको कामलाई भिडियो हेर्ने दर्शकले धेरै रुचाउने गरेका छन् ।
