व्यवस्था बदलियो कुसंस्कार बदलिएन
दैलेख । देशमा दुई ठुला आन्दोलन भए । १०४ बर्ष लामो राणाशासन फालेर प्रजातन्त्र ल्याईयो भने २४० बर्ष लामो राजतन्त्र अन्त्य गरि गणतन्त्र ल्याईयो ।
प्रजातन्त्र हुदै अहिले देश संघिय लोकतान्त्रि गणतaन्त्र भएको छ । यी दुई पटकका दुई ठुला आन्दोलनबाट देशको मुल कानुन संविधान बन्यो । नागरिकको बलबाट राजनिति दलले व्यवस्था परिवर्तन गरे । तर भने किशोरी महिनावारी हुँदा प्रजननको लागि योग्य भई भनेर गर्व गनुपर्ने ठाउँमा हाम्रो समाजले त्यही कुरालाई कुसंस्कारको रुपमा अंगालेको छ ।
जुन कुरालाई हटाउनुपर्ने हो त्यो कुरालाई अहिले सम्म समाजले निरन्तरता दिईरहेको छ । राजनिति दलले व्यवस्था बदल्न लागि परे व्यवस्था पनि बदलियो । प्रजातन्त्र,लोकतन्त्र हुदै संघिय गणतन्त्रमा मुलुक गयो । तर कुसंस्कार जस्तो जगडिएर रहेको छाउपडीप्रथा हटाउन किन लागि पर्दैनन,मुल प्रश्न यही छ ।
दलका नेतामा विश्वास र इमान्दारिता नभईदिदा होला दलका नेता भन्दा आम नागरिक देवतालाई विश्वासमा लाग्न थालेको छ । तर व्यवस्था परिवर्तन गर्न लागेका दल कुसंस्कारको परिवर्तनमा नलाग्नुले आफु मात्र बदलिए भईहाल्छ सोच्नु विडम्बना मानिन्छ ।

भक्तबहादुर शाहीगृह मन्त्रालयको निर्देशनमा २०७६ पुस २१ देखी माघ ४ सम्म कर्णाली प्रदेश र सुदुरपश्चिममा धमाधम छाउपडी गोठ भत्काउने अभियान थालियो । दैलेखको पश्चिम आठविस नगरपालिकामा ११२,भैरवीगाउँपालिकामा ५८,दुल्लूनगरपालिकामा १३,गुराँस गाउँपालिकामा ३ र चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० वटा गरि २०६ वटा छाउगोठ भत्काईयो ।

भक्तबहादुर शाहीसरकारले जवरजस्ती गोठ भत्काउनु नारीलाई न्याय दिलाएको महसुस संघिय सरकार, प्रदेश र स्थानीय सरकारले ग¥यो । गोठ भत्काई सकेपछि ती नारीले कसरी रात विताउलिन भन्नेमा सरकारले हेक्का राखेन । गोठ भत्काउने वित्तिकै ती नारी घर भित्र जालिन त । विगतदेखी मान्दै आएको छुईनेरी प्रथालाई ती महिलाका आमा बाबु,सासु ससुराले सहज स्वीकार गर्लान त । गोठ भत्काउने वित्तिकै महिनावारी भएकी महिलाले देवी देवताको डर मान्न छोडि होलिन त । अवश्य पनि त्यो हुदैन । यो प्रथा संस्कार सँग जोडिएकोले गृह मन्त्रालयको निर्देशन बमोजिम सजिलै न्यूनिकरण होला जस्तो लाग्दैन ।

भक्तबहादुर शाहीस्थानीयबासीमा जनचेतना नजगाईकन सेनेटरी प्याड वितरण र छाउपडी गोठ भत्काउने वित्तिकै छाउप्रथा सजिलै हट्ने अवस्था देखिदैन । यो अभियानले नारीलाई न्याय दिनुको साटो झनै खुल्ला आकाश र ओडारमा रात विताउनु पर्ने बाध्यता बनाई दिएको छ । छाउगोठ भत्काए पनि सरकारले मनको छाउगोठ भत्काउन सकेन । जनचेतना जगाएर छाउगोठ भत्काउँदा राम्रो हुने थियो की रु
दैलेख ठाटीकाँध गाउँपालिका –६ की पार्वता कुमारी कठायतले दुई सन्तानलाई प्राथमिक स्वास्थ्य केन्दमै गएर जन्माईन । स्वास्थ्य संस्था सुरक्षित सुत्केरी भएकी कठायतले भने देउताको डरले दुईवटै सन्तानलाई २४ दिनसम्म गोठमै असुरक्षित जीवन जीउनु प¥यो । देवी देवता रिसाउने डर बुढापाकाको बाध्यकारी संस्कारले गर्दा गोठमै बसिन । उनले भनिन,“क्या अन्र्या बुढापाका मान्दैनन् । हामीलाई त घरमै बस्ने मन हुन्थ्यो मलिन अनुहार लगाउँदै कठायतले सुत्केरी र नछुने भएको बेला पोषणयुक्त खानेकुरा खान नपाएको पिडा सुनाईन । सर्पको पनि उस्तै डर लाग्थ्यो । तर भगवानको कृपा होला सायत दुई सन्तान हुर्काउन्जेल केही अप्रिय घटना भएन ।”
उनी मात्र होइनन् सोही गाउँपालिकाकी धनसरा कठायत ९बडुवाल० पनि महिनावारी भएको बेला गाईगोरु बाध्ने गोठमा बस्नुपर्ने बाध्य सुनाईन । “घरायसी सबै काम गरेपनि हामी कहाँ दुध दही दिने चलन छैन । दुध दही त परको कुरा हो मोही समेत खान पाउँदैनौं । छुईनेरीले काट्ेको घाँस भैसीलाई चल्छ । तर त्यो भैसीको दुध हामीलाई चल्दैन । तिनहुँ ९तरकारी० तरकारी सँग खाना खानुपर्ने हुन्छ,” दुखेसो पोखिन ।
ठाटीकाँध गाउँमा जनप्रतिनिधी देखी लिएर शिक्षित महिलाले समेत महिनावारी वार्ने गर्छन । घरमा मात्र होइन,सार्वजनिक धारामा समेत महिनावारी बेला छुवाछुत हुने गरेको छ । नछुने भएको बेला महिला खोला खोल्सा नुहाउने र कपडा धुने गर्छन । धारामा समेत महिनावारी भएको बेला विभेद हुने गरेको मालिका माविकी छात्रा हिमानी शाहीले गुनासो गरिन ।
“फोहोर पानीले नै नछुने भएको बेला हामीले सरसफाई गर्नुपर्ने हुन्छ । देवीदेवता भएको घरमा ७ दिनसम्म गोठमा विताउनु पर्ने हुन्छ भने देवीदेवता नहुने घरमा ५ दिनमै घरमा जान्छौं । सार्वजनिक धारा समेत छुन पाउँदैनौं । गाउँमा मात्र होइनन,विद्यालय समेत छात्राले सेनेटरी प्याड पाउँदैनन । प्याड माग्न लजाउने र विद्यालयमा समेत छात्रा मैत्री शौचालय प्रयाप्त मात्र पानी अभाव हुँदा सेनेटरी प्याड प्रयोग हुने नगरेको छात्राको भनाई छ ।”
पानी अभाव र छात्रामैत्री शौचालय नहुँदा महिनावारीको बेला छात्राले सेनेटरी प्याड प्रयोग गर्न छाडेको सोही स्कुलका शिक्षक नेमबहादुर शाहीको छात्राको भनाईलाई स्वीकार गरे । “एक त छात्राले शिक्षकसँग प्याड माग्न नै लजाउँछन् । अर्को विद्यालयमा छात्रामैत्री शौचालय छैन । पानीको अभाव उस्तै छ । प्याड स्कुलमा उपलब्ध भएपनि प्रयोग हुदैनन् । त्यतिकै खेर गईरहेको छ ”उनले भने ।
देवीदेवताको डरले नै आफुहरुले छाउपडी बार्ने गरेको ठाटीकाँध –६ की पार्वती विकले बताईन । उनले भनिन, “छाउपडी न्यूनिकरणका लागि स्थानीय सरकारले जनचेतनाका कार्यक्रम सन्चालन गर्नुपर्छ । सरकारले छाउपडी प्रथालाई कुरिती घोषणा गरे पनि जारी गरेको निर्देशिका गाउँ पुगेको छैन । निर्देशिका बारे गाउँकै नेता कार्यकर्ता धामी, झाँक्री सचेत नागरिक समेत बेखवर छन ।
छाउपडी बार्ने परम्पराले गर्दा महिलाहरुले सुविधा पाउनु बेला सास्ती खेप्नु परेको सोही ठाउँकी शाहदेवी शाहीको भनाई छ ।उनी भन्छन्,“स्थानीय पाठयक्रममा समेत छाउपडी प्रथाको बारे समावेश गर्नुपर्ने भनाई छ ।त्यो कक्षा १ देखी नै शुरुवात गरपढदा नछुने भएर छाउगोठमा बस्नुपर्ने कक्षा १० मा गएर नछुने विषयमा पाठ पढनुपर्ने हुनाले यो प्रथाल निरन्तरता पाएका हो । कानुन र छाउपडी प्रथा बारे अबको बहस छलफल हुनु जरुरी छ ।”
गाउँपालिकाले छाउपडीप्रथा न्युनिकरणका लागि बजेट विनियोजन गरेर त्यो कहाँ खर्च हुन्छ त्यो बारे गाउँपालिका महिला बेखवर छन् । महिनावारी भएको बेला छाउगोठमा बस्दाखेरी ठाटीकाँध गाउँपालिकाको छिमेकी पालिका चामुण्डाविन्द्रासैनी नगरपालिकामा दुई जना किशोरीको ज्यान गुमाउनु परेको थियो । नेपाल सरकारले छाउपडीप्रथालाई कुसंस्कार कुरिती हो भनेर निर्देशिका जारी गरेपनि त्यो निर्देशिका गाउँमा पुग्न सकेको छैन । ग्रामिणका भेगका नागरिकलाई देवी देवता बारे बढी ज्ञान र निर्देशिका जानकारी नै नहुँदा छाउपडी प्रथा कायमै रहेको देखिन्छ । स्थानीय सरकारले छाउपडी प्रथा निर्देशिकालाई गाउँ गाउँ पुगाउन सके छाउपडी प्रथा न्युनिकरण मद्दत मिल्ने थियो की ?
तस्बिर /शब्द : भक्तबहादुर शाही,दैलेख
