नेपाली काँग्रेस दैलेखद्वारा निर्वाचन परिचालन मुल समिति गठन
सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि नेपाली काँग्रेस दैलेखले निर्वाचन परिचालन मुल समिति गठन गरेको छ ।
काँग्रेस जिल्ला कार्य समिति दैलेखको आज बसेको बैठकले पार्टी जिल्ला सभापति मणिराम रेग्मीको संयोजकत्वमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ३ सय ६१ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको हो ।
आगामि कार्तिक ४ गतेसम्म मातहतका पार्टी कमिटीहरुलाई पनि प्रचारप्रशार समिति गठन गरिसक्न बैठकले निर्देशन दिएका नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव खेमराज ओलीले जानकारी दिनुभयो ।
उहाले आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि वाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउन गठबन्धनमा आवद्ध दलहरु एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।