कर्णालि राजमार्ग दैलख खण्ड संगै सहायक मार्ग सुचारु ।

दैलेख । झण्डै एक हप्तादेखी बन्द रहेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल बर्षातले पहिरो सँगै सडक भासिएपछि बन्द रहेको राजमार्गमा पहिरो र नयाँ सडक बनाएपछि गएराती १० बजे देखी सञ्चालनमा आएको हो ।
कर्णालीका ५ जिल्लाको लाईफ लाईन सँग जोडिएको राजमार्ग गएको असोज २० देखी बन्द भएको थियो । सडक बन्द हुँदा विच बाटोमा मालवाहक ट्रक र सवारी साधन बिच बाटोमा रोकिएका थिए । सडक डिभिजन सुर्खेत र जिल्ला प्रशासन कार्यालय दैलेखका तीनवटै सुरक्षाकर्मीको सक्रियतामा राजमार्ग सञ्चालनमा आएपछि बिच बाटोमा रोकिएमा यातायातका साधन गन्तब्यतिर लागेका छन् ।
राजमार्ग भासिएको स्थानमा नयाँ सडक निर्माण र पहिरो हटाएपछि सुर्खेतको बाङेसिमल देखी कालिकोट सिमानासम्म १३२ किलोमिटर कर्णाली राजमार्ग सञ्चालनमा आएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । उनले भने,“,दैलेख सडकखण्ड पर्ने कर्णाली राजमार्गको ८५ किलोमिटर सँगै राजमार्ग सँग जोडिएका सहायक सडक पनि पहिरो पन्छयाएर खुलाई सकिएको छ । शनिवार राती १० बजेदेखी दैलेखमा कुनै पनि सडक अवरुद्ध छैनन् ।”
कर्णाली राजमार्गको दुल्लूनगरपालिकाको दरबारेभिर,पाली सुवाछेडा,सियाला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको पाल्तडा,साँङ्गतेडा बजार आठविस नगरपालिकाको रामघाट,असारघाट,जाक्सी र खिडकीज्यूला,दहीखोलामा ठुलो पहिरो गएर एकहप्तादेखी राजमार्ग बन्द भएको थियो । सडक बन्द हुँदा जिल्ला प्रशासन कार्यालय दैलेख बैकल्पिक सुर्खेत दैलेख हुदै मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालनका लागि अनुमति दिएको थियो ।
राजमार्ग ठप्प हुँदा राजमार्ग आसपासका पसलमा खाद्यान्न लगायत चाउचाउ विस्कुट समेतको अभाव रहेको पाल्तडाका जयबहादुर आलेले बताए । बर्षात व्यापारीको मात्र होइन । राजमार्गमा यात्रा गर्ने समेतले सास्ती पाएका छन् । कतिपय पैसा नभएर भोक भोकै पैदल यात्रा गरेका थिए । राजमार्ग बन्द हुँदा छेउछाउका व्यापारी समेत चाउचाउ,चामल समेत अभाव भएको थियो । राजमार्ग नखुलेर भोकै मरिन्छ कि भन्ने चिन्ता थियो सडक खुलेपछि ढुक्क भयौं उनले भने ।
सडक खुलेपनि यात्रा गर्दा सवारी साधनका चालकले सावधानीका साथै होसियारी भएर सडक चलाउनुपर्ने सडक डिभिजन सुर्खेतका इन्जिनियर तुलाराम शर्माले जानकारी दिनुभयो । “बर्षातले कर्णाली प्रदेशका सबै सडकको पहिरो र भासिँदा झण्डै २० करोड भन्दा क्षति भएको छ । हामी प्रारम्भिक त्यही निकालेका छौं । अब केही दिन भित्र ढुक्क राजमार्गमा यात्रीले यात्रा गर्न पाउँछन् ।”