सिहदरबारले नदेखेको बालबालिकाका पिडा ।

सुर्खेत । दैलेख जिल्लाकाे आठबिस नगरपालिका १ सातालामा ६ महिनाको फरकमा आमा बाबुको मृत्युु भएपछि चार भाई बहिनि साहारा बिहिन बनेका छन ।
गएको बैशाख २९मा आमा देउरुपा थापा असोज २७ मा बाबु कुल बहादुर थापाको मृत्युु भएपछि यि बाल बालिका साहारा बिहिन भएका हुन ।
यि चार भाई अहिले ठुला बाबुको घरमा बसेर बाबुको काजकिरिया गरिरहेका छन । चार बाल बालिका दुई दिदि बहिनिको बिबाह भैईसकेको छ । संगिता थापा लक्ष्मि उमाबि कक्षा ६ मा पढ्छन । उपि र उपेन्द्र जुम्ल्याहा दुई भाई सत्य संग्राम आधारभुत कक्षा १ मा पढ्छन ।
जिउ पाक्ने र टिविका बिरामि भएका आमा बाबु औषधि गर्ने आर्थिक नहुदा मृत्युु भएको वडा सचिब शिवराज थापाले बताए । उनले भने,जिउ पाक्ने गरेको थियो ।खकारमा रगत पनि देखिएको थियो । उपचार नहुदा उहाहरु बित्नु भो ।आजभोलि यि बालबालिका ठुला बुबाको घरमा बसेर बाबुको किरिया गरिरहेका छ । यि बालकको टाउको खटिरा छ्न ।
बेसाहारा बालकको पिडा बारे गाउको सिहदरबार बेखबर छ ।