काम नगरेको भन्दै ठेक्का तोडियो ।
सुर्खेत । तोकिएको समयमा काम नगर्दा तीन जिल्लाको ठेक्का तोडिएको छ । नेपाल विद्युत प्राद्यिकरण कर्णाली प्रदेशले दिएको जानकारी अनुसार जाजरकोटको कुदु – चौखा र चौखा –डोल्पाको ठेक्का ताडिएको छ । दैलेख , जुम्लाको ठेक्का समेत तोडिएको छ ।
३२ केभीए लाइन रहेको उक्त खण्डमा ठेकेदारले काम नगर्दा ठेक्का ठेक्का तोड्नुपरेको हो । असार ४ र असार १२ गते ठेक्का तोडिएको थियो । सताग्री कन्टक्सन काठमाडौँले उक्त कामको जिम्मेवारी लिएको थियो । ठेक्का तोडिएसँगै ठेक्का तोडिएको ठाउँमा नयाँ ठेक्का समेत खोलिएको प्रदेश कार्यालयले जनाएको छ ।
आज जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव देवराज निरौंला र नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रमुख सम्भु यादव बीचमा भएको कुराकानीमा यो जानकारी गराएको हो । जाजरकोटमा वषौँ देखि अधुरा रहेका विद्युत प्रशारण लाइनको ठेक्का तोडेर नयाँ ठेक्का निकाल्ने विषयमा समेत छलफल भएको छ । साविकका कर्णाली अञ्चलका डोल्पा , हुम्ला र मुगुमा सौर्य मिनिग्रेट मार्फत विद्युत पुर्याउने काम तिव्र रुपमा भएको मन्त्री सिंहले जानकारी दिनुभयो । यि तीन जिल्लामा अहिले सम्मा केन्द्रीय विद्युत प्रशारण लाइन पुग्न सकेको छैन ।
बैकल्पिक उर्जा मार्फत , सौर्य मिनिग्रेट मार्फत विद्युत उत्पादन गरी जनतालाइ विद्युतको सेवा दिने कार्य एकै साथ सुरु गरिएको मन्त्री सिंहले जानकारी दिनुभयो । प्रदेश भित्र बिभिन्न तीन ठाउँबाट विद्युत जोडन्का लागि काम भइरहेको प्रदेश प्रमुख यादवले मन्त्री सिंहलाइ जानकारी दिएका छन् ।
कर्णालीमा विद्युत भोल्टेन नपुग्दा काम गर्न निकै समस्य भइरहेको भन्दै सो समस्य हल गर्न युद्धस्तरमा खटिएर काम गर्न मन्त्री सिंहले नेपाल विद्युत प्राधिकरणलाइ निर्देशन समेत दिनुभएको छ ।
त्यस्तै १३२ केभीय प्रशारण लाइन सुर्खेत लगाएका जिल्लामा जोड्नका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्री परिषदको निर्णय भएपनि निकुन्ज क्षेत्रमा प्रयोग भएको जमिन बराबरकै खरिद गरेर दिनुपर्ने नियमले गर्दा अर्को समस्य आएको मन्त्री सिंहलाइ प्रमुख यादवले जानकारी गराएका थिए । प्राद्यिकरणले जग्गाको खोजी कार्य जारी राखेको यादवले मन्त्री सिंहसँग जानकारी गराएको सिंहका प्रमुख स्वकीय सचिव हेमन्त केसीले जानकारी दिनुभयो ।
–लक्ष्मी हमाल
